थप चामल सहित राहतको व्यवस्थापन

थप चामल सहित राहतको व्यवस्थापन

पथरी शनिश्चरे

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण रोक्न घरमै वस्न गरिएको बन्दाबन्दी (लकडाउन) का कारण ज्यादै समस्यामा परेका दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सिर्जना नगर्न नगरपालिका कार्यालयले थप राहतको व्यवस्था गरेको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन तथा वितरण समितिको आजको बैठकले थप ३० हजार केजी चामल सहितको राहत व्यवस्थापन गरी वडा वडामा वितरण गरिने निर्णय गरेको छ । १० वडाका लागि प्रति वडा ३ हजार केजीका दरले चामल सहितको राहत वितरण गर्ने निर्णय भएको समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बताउनु भयो । समन्वय समितिले ३ हजार केजी चामल सहितको थप राहत व्यवस्थापनको निर्णय गरेको थियो ।

वडाध्यक्षहरु सहितको सो बैठकमा वडामा के कसरी राहत व्यवस्थापन तथा वितरण गर्न उचित होला भन्ने विषयमा छलफल गरी निर्णय गरिएको थियो । साथै बैठकले अवको १ सातासम्म खाने व्यवस्थापनका लागि सो राहत वितरण गर्ने र पुन लकडाउन थपिने अवस्था भए दोस्रो चरणको राहतका लागि पहल गर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित खवर