कोरोना त्रास सामान्य, तेस्रो चरणको राहत वितरणमा जुटेका छौँ ः अध्यक्ष कडेल (भिडियो सहित)

कोरोना त्रास सामान्य, तेस्रो चरणको राहत वितरणमा जुटेका छौँ ः अध्यक्ष कडेल (भिडियो सहित)

कुमार खड्का, उर्लावारी

कोरोना संक्रमणका कारण लकडाउनमा परेका उर्लावारी नगरपालिका वडा नम्वर २ का जनतालाई तेस्रो चरणको राहत वितरणको तयारी थालिएको छ । वडा कार्यलयको व्यावस्थापनमा पहिलो र दोस्रो चरणको राहत वितरण कार्य सम्पन्न भईसेको छ ।

अहिले तेस्रो चरणको तयारीमा वडा कार्यलय सर्वदलिय समिति निर्माण गरेर घरदैलो अभियान गर्दै आएको छ ।
पहिलो चरणमा दैनिक ज्यालामजदुरी गरि जिविको पार्जन गर्ने, अशाहय, एकमहिला, बृद्धाहरुलाई पहिलो प्राथमिकतामा राखि राहत वितरण गरिएको थियो ।

दोस्रो चरणमा निम्न आर्थिक अवस्था भएका परिवारलाई राहत वितरण गरिएको थियो । तेस्रो चरणको राहत वितरणमा मध्यम आयस्तर भएकाहरुलाई राहत वितरण गरिने तयारी थालिएको वडाध्यक्ष राजन कुमार कँडेलले बताए ।

स्तर अनुसार वितरण गरिएको राहत वितरणशैलिमा अहिले सम्म १७४ घरपरिवारलाई राहत वितरण गरिएको छ । तेस्रो चरणको राहत वितरणमा एक सय घर परिवार रहने अध्यक्ष कँडेलले जानकारी दिए ।

कोरोना संक्रमण रोकथामका लागि देश लकडाउनमा गएसगै वैदेशिक रोजगारबाट घर फर्कीएकाहरुलाई वडाले विशेष निगरानीमा राखि स्वास्थ्य परिक्षण गराउनुका साथै होम क्वारेन्टाइनमा वस्न अग्रह गर्दै आएको छ ।

हाल सम्म २४ जनाको स्वास्थ्य परिक्षण गराइएको र सवैको रिर्पोट नेगेटिभ पाईएको छ राहत वितरणमा समेत अहिले सम्म त्यस्तो व्यापक जनगुनासो नआएका कारण कोरोना त्रास २ नम्वर वडामा सामान्य नै रहेको कडेलले बताए ।

सम्बन्धित खवर