छोराको शव घरमा, आमा र छोरी नदीमा

छोराको शव घरमा, आमा र छोरी नदीमा

दमौली : निर्मलनगर निवासी ३४ वर्षीया रबिना श्रेष्ठसँगै छोरी ११ वर्षीया प्रिया र छोरा १५ वर्षका बिपिन मृत भेटिएका छन्।

छोरा बिपिन मृत भेटिएको दुई दिनपछि उनकी आमा र बहिनी शनिबार मृत भेटिएका हुन्। शारीरिक रुपमा अशक्त विपिन घरमा एक्लै थिए। घाँटीमा दाग भेटिएका उनी मृत भेटिएका थिए। केही अघि छिमेकीले बिरामी अवस्थामा एक्लै भेटेकामा उनको केही समयपछि ज्यान गएको थियो।

पिता भारतमा रोजगारीमा रहेका र आमा तथा बहिनीसँग बस्दै आएका बिपिन पूर्णरुपमा तथा उनकी बहिनी प्रिया पनि शारीरिक रुपमा अशक्त थिए।

अकस्मात छोरालाई एक्लै छाडेर छोरीसँग बेपत्ता प्रियाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। घरमा मोबाइल र गरगहना सबै भएको र छोरीसँग १० गतेबाट नै बेपत्ता भएकाले घटना शंकास्पद ठानिए पनि प्रहरीले अहिल्यै घटनाबारे निक्र्यौल गर्न नसकिने बताएको छ।

घरको बाहिरको च्यानल गेट लगाएकै अवस्थामा पछाडिको ढोकाबाट आमा छोरी बाहिरिएको घटनास्थलको मुचुल्काले देखिएको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए। ‘गरगहना र मोबाइल सबै घरमा नै भेटियो,’ उनले भने, ‘आमा छोरी पछाडिको ढोकाबाट निस्केको देखिन्छ।’

छोरीसँगै आमाको आत्महत्याको आशंका

परिवारका अरु सदस्यले आमा छोरी बेपत्ता भएकाले खोजीका लागि आग्रह गरेपछि गएको प्रहरी टोलीले शनिबार सेती नदीमा आमा छोरीको शव भेटेको हो।

प्रियाको शव ऋषिङ १ कोइदिमस्थित सेती नदीमा र रविनाको शव करिब तीन किलोमिटर पर ऋषिङ ३ स्थित मास्दीघाटमा भेटिएको प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिए। यस अघि बिपिनको शव बुझेका परिवारलाई नै अरु दुईको शव बुझाइएको छ।

बिपिनको घाँटीमा निलो डाम र घरमा सबै सामान छाडेर बेपत्ता भएकाले छोराछोरीको अवस्थाका कारण विरक्त महिलाले अप्रिय कदम चालेको आशंका आफन्तले गरेका छन्। प्रहरीले भने केही दिनमा अनुसन्धान निचोडमा पुगिने बताएको छ।

सम्बन्धित खवर