काठमाडौँबाट घर आउन चाहने २४२ जनालाई पथरी शनिश्चरेले घर ल्यायो (भिडियो सहित)

काठमाडौँबाट घर आउन चाहने २४२ जनालाई पथरी शनिश्चरेले घर ल्यायो (भिडियो सहित)

पथरी, काठमाडौँमा रहेका घर आउन चाहने २४२ जना नगरवासीलाई घर ल्याएको छ । शनिवार वडा नं. १० अध्यक्ष सागर राई, उपमेयर यमुना विष्टको विशेष पहलमा उनिहरुलाई घर ल्याइएको हो ।

घर आउन चाहनेलाई काठमाडौँ पथरी मैत्री समाज, वडा नं. १० र नगरको समन्वयमा उनिहरुलाई घर ल्याइएको हो । सात वटा बस रिजर्व गरी घर फर्किन चाहने नागरिकलाई ल्याएको वडाध्यक्ष सागर राईले बताए । काठ्माडौंबाट पथरी शनिश्चरे आइपुगेका सबैलाई स्वास्थ्य कर्मीहरुले ज्वरो नापेर सबैको रेकर्डm राखेर घर पठाइएको छ । पथरी रंगशालामा सबैलाई राखेर उनिहरुको सम्पर्क ठेगाना, नमबर सहित रेकर्ड राखेर सेनिटाइज गरेर घर पठाइएको हो । बसलाई समेत सेनिटाइज गरिएको थियो । पथरी आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मी मुरारी आचार्यले सुझाव दिनुभयो ।

उनिहरुलाई नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, वडा अध्यक्षहरु, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरी, समाजसेवी प्रदीपकुमार राई, नेपाली काङ्ग्रेसका नगरसचिव दुर्गा भट्टराई लगायतको टोली सहयोग पु¥याएका थिए ।

१० नम्बर वडा अध्यक्षको नेतृत्वमा आएको पाँच वटा बसको लागि दुई लाख ५० हजार खर्चहुने राईले बताए । जसमा ६१ हजार भाडा उठेको बताइएको छ । पथरीमा सात वटा बस ल्याइएको हो । उनिहरुलाई ल्याउनका लागि वडाध्यक्ष राइसँगै तरुण दलका स्थानीय युवा नेता भुपेन रानापहेली, काविल कन्ट्रक्सनका भुवन थापा, युवा समाजसेवी सुमन कुरुङ्वाङ सहितको टोली काठमाडौँ पुगेको थियो ।

सम्बन्धित खवर