चौतर्फी विरोधका कारण सिरहामा राहत वितरण स्थगन

चौतर्फी विरोधका कारण सिरहामा राहत वितरण स्थगन

राजेन्द्र महतो, लहान
कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनले मुख्य प्रभाव गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुम्बासी, साहारा विहीन, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई बढी पारेको छ।

यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गरे पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन्।

सिरहाको लाहान १९ कटहामा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आएपछि राहत बितरण स्थगित गरिएको छ ।
दिनभर परिश्रम गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने समस्या भएका मानिसहररु भोकै बस्नुपर्ने अवस्था रहेको लाहान १९ का तत्कालीन राजपा नेपालका वडा कमिटी अध्यक्ष रामकुमार यादवले बताए।

राजपाले गरीब तथा बिपन्न वर्गका परिवारहरुको समस्यालाई मध्यनजर राख्दै एक प्रेस बिज्ञप्ति जारी गर्दै स्थगन गरिएको राहत बितरण कार्यक्रम वास्तविक पीडित पहिचान गरि पुनः संचालन को माग गरेको छ ।

सिराहाको लहान नगरपालिकाले राहतका लागि एक करोड ३० लाख खर्च गरेको भएतापनि राहत पाउनु पर्ने व्यक्तिले राहत पाएका छैनन् ।

सम्बन्धित खवर