भुल्केमा सङ्क्रमित भेटिएको क्षेत्र शिल : स्वास्थ परिक्षण तिव्र गतिमा

भुल्केमा सङ्क्रमित भेटिएको क्षेत्र शिल : स्वास्थ परिक्षण तिव्र गतिमा

 

त्रियुगा नगरपालिका – ३ भुल्के क्षेत्रमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएपछि स्थानिय सरकार, प्रशासन तथा प्रदेश सरकारले स्वाव परिक्षणमा तिव्रता दिएका छन् । देशभरकै ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रलाई शिल गरेर स्वाब नमुना संकलन, स्वास्थ परिक्षण लगायतको काम अघि बढाईएको हो।

जिल्लामा थप सङ्क्रमितको सङ्ख्या फैलिन नदिन स्थानीय सरकार, प्रशासन तथा प्रदेश सरकार लागि परेको छ। त्रियुगा नगरपालिका ३ भुल्के, वडा नंम्बर २ मोथियाई, चौदण्डीगढी नगरपालिका ५ सिवाई, लगायत जिल्लाका विभिन्न स्थानका क्वारेन्टाईनमा बसेकाहरुको समेत गरी ५१४ जनाको स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ।

ति मध्ये २८ जनाको रिपोर्ट कोभिड पोजेटिभ आएको छ भने, ११० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ११० जनाको रिपोर्टको आधारमा थप स्वाव संकलन गर्ने लगायतको अन्य कदम चालिने जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख मोहन सुबेदीले जानकारी दिए।
कोरोना सङ्क्रमणलाई थप फैलिन नदिन त्रियुगा नगरपालिकाले प्रदेश र केन्द्र सरकारलाई स्वास्थकर्मी तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउन अनुरोध गरिरहेको र नगरबासीहरुलाई घर बाहिर नस्किन अनुरोध गरेको मेयर बलदेब चौधरी बताए।

भोलीबाट सुरु हुने मुस्लिम धर्मालम्बीहरुको पबित्र पर्व रमाजनका क्रममा उदयपुरका मुस्लिम धर्मालम्बीहरुलाई मस्जिदमा भेला नहुन र घरमै बसेर मनाउन नेपाल मुस्लिम संघ, उदयपुरका अध्यक्ष नजबुल खानले आग्रह गरेकि छिन्।

कोरोना भाईरसको थप सङ्क्रमणबाट उदयपुरलाई बचाउन जिल्लाका राजनैतिक दल, प्रशासन, स्थानिय सरकार लगायतको प्रदेश सरकार तथा संघिय सरकारको ध्यानाकर्षण गराएका छन् ।

जिल्लामै कोभिड १९ को परिक्षण गर्ने व्यबस्था मिलाउन तथा स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री पठाउन सरकारले समयमै ध्यान पु¥याउन र सङ्क्रमण फैलिएको भुल्के लगायतको क्षेत्रका नागरिकहरुलाई प्रशासनने घरबाहिर निस्किन नदिएपछि जनजिवन प्रभावित बन्दै गएको स्थानियहरु बताउँछन्।

साथै शुक्रबार प्रदेश सरकारको सहयोगमा भुल्के क्षेत्रका स्थानियहरुलाई ज्वरो, खोकी, दम, प्रेसर, ठेउला लगायतका बिरामीहरुको भुल्केमै गएर स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्याको परिक्षण गरि औषधी वितरण गरिएको छ । भुल्के क्षेत्र सिलका कारण त्यँहाका मानिसहरुलाई अत्यावश्यक काम पर्दा पनि बाहिर हिडडुल गर्न नपाए पछि यो कार्य गरिएको जिल्ला स्वास्थ्य प्रमुख सुवेदीले बताए ।

सम्बन्धित खवर