पोखरा छिर्ने नाकामा सेनिटाइजिङ टनेल, सेनिटाइज्ड गरेपछि मात्र पोखरा प्रवेश

पोखरा छिर्ने नाकामा सेनिटाइजिङ टनेल, सेनिटाइज्ड गरेपछि मात्र पोखरा प्रवेश

लेखनाथ : पृथ्वीराज मार्गस्थित पोखरा महानगरपालिका ३२ मजुवामा ( तनहुँसँग सीमा जोडिएको स्थान) सेनिटाइजिङ टनेल जडान गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी१ नेपालले टनेल निर्माण गरेको हो ।

निर्माण गरिएको टनेललाई लायन्सले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई लायन्स डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले सेनिटाइज टनेल हस्तान्तरण गरेका हुन् ।

टनेलको सञ्चालन र व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने ढुंगानाले जानकारी दिए । पोखरा प्रवेश गर्ने सीमामा सेनिटाइजिङ टनेल निर्माण गर्न पाउँदा खुसी लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले बताइन् ।

सेनिटाइज टनेलले ५ सेकेन्डमा होलबडीलाई सेनिटाइज गरेर मानिसको कपडामा भएको भाइरसलाई मार्नेछ । पोखरा प्रवेश गर्ने यात्रुुहरुले अनिवार्य रुपमा यस किटाणुनासक बुथ प्रयोग गर्नुपर्नेछ । सीमा क्षेत्रसहित विभिन्न ठाउँमा सेनिटाइजिङ टनेल निर्माण गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

सम्बन्धित खवर