झापा, झापामा १ जनामा कोरोना देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । शुक्रबार थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको हो ।
ति संक्रमित पुरुषको आइसोलेसनमा राखेरर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको छ ।