सरकारले ल्याएका अध्यादेशको विरोधमा नेविसंघ कास्कीको प्रर्दशन

सरकारले ल्याएका अध्यादेशको विरोधमा नेविसंघ कास्कीको प्रर्दशन

लेखनाथ : सरकारले जारी गरेको अध्यादेशविरुद्ध हेटौँडामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले पोखरामा विरोध प्रर्दशन गरेको छ ।

पोखरा–२७ तालचोकमा आयोजित विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ का सचिव सुरजजंग राणाले दुवै अध्यादेशहरु असंबैधानिक, अराजनीतिक, असंवेदनहीन तथा सनक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएको वताएका थिए ।

कोरोनाको संक्रमणबाट जनतालाई बचाउनुपर्ने सरकारले जनताको स्वास्थ्यलाई बेवास्ता गर्दै राजनीतिक स्वार्थका लागि अध्यादेश ल्याएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको नेविसंघ कास्कीका पुर्वअध्यक्ष कल्याणबाबु भण्डारीले वताए ।

कार्यक्रममा नेविसंघ कास्कीका नेता सागर रानाभाट, नेविसंघ पोखरा विश्वविद्यालयका नेता गोपिकृष्ण तिवारी, सुसन त्रिपाठी लगायतले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नु पर्ने बताए थिए ।

सरकारले ल्याएका विधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक विरोध कार्यक्रम गरेको नेविसंघ कास्कीका नेता सन्दिप पौडेलले जानकारी दिए ।

नेविसंघका कार्यकर्ताले अध्यादेश फिर्ता गर्नुपर्नेलगायतका नारासहितको प्लेकार्ड बोकेर विरोध जनाएका थिए । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो ।

पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।

सम्बन्धित खवर