कास्कीमा ने.बि.संघले गर्‍यो सरकारका कार्य विरुद्ध सांकेतिक आन्दोलन

कास्कीमा ने.बि.संघले गर्‍यो सरकारका कार्य विरुद्ध सांकेतिक आन्दोलन

कास्की : कास्कीमा नेपाल विद्यार्थी संघले ने.वि. संघ कास्कीका नि- बर्तमान सभापति बिकास थापाको नेतृत्वमा शुक्रबार सामाजिक दुरि कायम गर्दै सरकारका पछिल्ला कदम विरुद्ध पोखरा-६ बैदामको मुख्य चोकमा विरोध प्रदर्शन गरेको छ भने थापकै निर्देशनमा ने.बि. संघ कास्कीका नि- बर्तमान सचिब संघर्ष कोइरालाको नेतृत्वमा पोखरा-४ गैह्रापाटनको मुख्य चोकमा प्रदर्शन गरिएको छ।

बैदाममा भएको बिरोध प्रदर्शनमा ने.बि. संघ कास्कीका नेता बिपिन पौडेल, ने.बि. संघ वडा इकाई पोखरा-६ का सभापति बिष्णु पहारी, विद्यार्थी नेता शाश्वत न्यौपाने, जनम अर्याल र इश्वर भुजेलको उपस्थिति रहेको थियो भने गैह्रापाटनमा भएको पर्दर्शनमा विद्यार्थी नेता संस्कार कोइराला, असिम सुवेदी, हेमन्त पाण्डे, पुस्कल कोइरालाको उपस्थिति रहेको थियो।

आफुहरुले पोखराका दुबै प्रमुख चोकमा शान्तिपूर्ण रुपमा लकडाउनको पालना गर्दै आन्दोलन सम्पन्न गरेको र आफुहरुकै सर्कुलरमा पोखराका अन्य ठाउँहरु जस्तै नयाँबजारमा अमन के.सि, अमरसिंहमा दिपिका भण्डारी, लगायतले पनि बिरोध पर्दर्शन गरेका ने.बि.संघ कास्कीका नेता बिपिन पौडेलले जानकारी दिए।

नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले, सरकारले अलोकतान्त्रिक र संविधानको मर्म विपरीतका दुई अध्यादेश ल्याए पछि लोकतान्त्रिक व्यवस्था नै संकट पर्ने भन्दै आफ्ना मातहतका समितिलाई देश व्यापी रुपमा सामाजिक दुरि कायम राख्दै विरोध प्रदर्शन गर्न सर्कुलर गरेको थियो। सोही अनुसार कास्कीमा पनि सरकारका बर्तमान कदमहरुको विरुद्धमा प्लेकार्ड बाेकी पोखरा, बैदाममा साङ्केतिक प्रदर्शन गरेकाे ने.बि. संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले जनाए ।

सम्बन्धित खवर