अध्यादेश फिर्ता लिने तयारीमा सरकार

अध्यादेश फिर्ता लिने तयारीमा सरकार

काठमाडौं, १२ बैशाख । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यसअघि ल्याईएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार पार्टीभित्रबाटै दबाब आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिने निर्णयमा पुगेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सम्बन्धित खवर