अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघ सडकमा

अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघ सडकमा

सिन्धुली,१२ बैशाख : सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शुक्रबार नेपाल विद्यार्थी संघले सरकारले जारी गरेको दुई अध्यादेश फिर्ताको माग गर्दै प्रदर्शनी गरेको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयको परिपत्र अनुसार बिहान ९ बजेदेखि ९ः१० बजेसम्म दश मिनेट सामाजिक दुरी कायम गर्दै पाँच जना भेला भएर अध्यादेशको बिरोधमा प्रदर्शनी गरेको नेवि संघ सिन्धुलीका अध्यक्ष उत्पल खड्काले जानकारी दिनुभयो ।

नेवि संघले कमलामाइ नगरपालिका कार्यालय अगाडी जारी गरेको अध्ययादेश फिर्ता गर, मँहगी र कालो बजारी नियन्त्रण गर, सम्पूर्ण नेपाली कोरोना बिरुद्ध एक जुट बनौ लगायतको प्लेकार्ड सहित कालो झण्डा प्रदर्शनी गरेको उहाँले बताउनुभयो ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार राजनीतिक दल सम्बन्धी – दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यबिधि) सम्बन्धि पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको थियो । सरकारको यस निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित खवर