कौशलटारमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

कौशलटारमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

 

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा बिहीबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीको अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा चालक मध्यपुर थिमि–५, भुलाँखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै राजमार्ग गस्तीमा रहेको प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट नेतृत्वको प्रहरी टोलीले घाइते अजयलाई उपचारका लागि मध्यपुर अस्पताल थिमि लगेको थियो । गम्भीर घाइते उहाँको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

सम्बन्धित खवर