संक्रमित ४७ मध्ये ७ जना उपचारपछि घर फर्किए

संक्रमित ४७ मध्ये ७ जना उपचारपछि घर फर्किए

अहिले विश्वलाई कोरोनाले सिथिल बनाउको छ । विश्व कोरोना सँग लडि रहेको छ । कोरोनाबाट नेपालमा दिनिदनै संक्रमित बढ्दै गएका छन ।

देशभर कोरोनाभाइरस सङ्क्रमितमध्ये सातजना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मङ्गलवार र बुधवार गरी सेती अस्पताल कैलालीबाट दुई जना अनि बुधवार टेकु अस्पतालबाट एकजना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा। विकास देवकोटाले बताउनुभयो ।

साथै बुधवार सङ्क्रमित पाइएका तीनजना सहित हाल सबै सङ्क्रमितको अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिनुभएको हो।

संक्रमितमा कोरोनाको लक्षण देखिँदैन हालसम्म भेटिएका संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएको चिकित्सकहरूले बताएका छन्।उदयपुरबाटै विराटनगर लगेर कारोना उपचार केन्द्रमा भर्ना गरिएका सबैमा कुनै लक्षण देखा नपरेपछि सामान्य वार्डमा राखेर उपाचार गरिएको छ।

सामान्यतया : कोरोना संक्रमितलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखापर्ने गर्छ, तर उनीहरूलाई त्यस्तो लक्षण देखा नपरेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन।

‘सामान्य वार्डमा राखिएका उनीहरूलाई थप समस्या भएमा आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने तयारी छ,’ उनले भनिन, ‘कोरोना पोजेटिभ देखिए पनि संक्रमितहरूको अवस्था अतिसामान्य छ र चिकित्सकीय निगरानीमा राखिएको छ।’

कोरोना संक्रमित निको भएर घर फर्किनेको स‌ंख्या ७ पुगेको छ । संक्रमितको स‌ंख्या अहिले देशभरी ४८ पुगेको छ ।

सम्बन्धित खवर