नेकपा स्याङ्जाद्वारा राहत कोषमा ४ लाख सहयोग

नेकपा स्याङ्जाद्वारा राहत कोषमा ४ लाख सहयोग

पाेखरा : नेपाल कम्युनिष्ट पार्टि (नेकपा) स्याङ्जाले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले बिहिबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई जिल्ला प्रशासन कार्यालयमा पुगेर दुई लाख बराबरको चेक हस्तान्तर गरेका छन् ।

नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले देश संकटको बेला पार्टिको तर्फबाट सक्दो सहयोग गरेको बताउँदै यो महामारीको बेला सबै कार्यकर्ताका साथै सर्वसाधारणलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले राहत स्वरुव उपलब्ध गराएको रकम तत्काल कोषमा जम्मा गर्ने बताउँदै कोरोनाको महामारी साझा समस्या भएकोले सबै मिलेर संकटको समाधानमा लाग्नु पर्ने बताएका थिए ।

पार्टीले बिहिबारै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दुई लाखको चेक हस्तान्तरण गरेको जनाएको छ । राहत रकम हस्तान्तरणको लागि नेकपाका नेताहरु मुख्यमन्त्रीको कार्यालय पोखरा पुगेका थिए ।

सम्बन्धित खवर