राहत कोषमा पोखरा फाइनान्सको २ लाख

राहत कोषमा पोखरा फाइनान्सको २ लाख

पाेखरा : पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले दुई लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले बिहिबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

त्यस्तै, पोखरा महानगरपालिका–९ निवासी मेजर जयबहादुर गुरुङले ५० हजार पाँच रुपैयाँ सहयोग गरेका छन् । उनले महानगर उपप्रमुख मञ्जुदेवी गुरुङलाई उत्त रकम हस्तान्तरण गरे ।

त्यस्तै, आईएनएफले एक सय जनाको लागि खाद्यान्न सहयोग गरेको छ । महानगरको मापदण्डअनुसार एक सय जनाको लागि फुल प्याकेज राहत सामग्री उलब्ध गराएको महानगरका सुचना अधिकारी भरतराज पौडेलले बताए । लकडाउनमा दैनीक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने र विपन्नहरुलाई राहत उपलब्ध गराउन महानगरले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।

सम्बन्धित खवर