काठमाडौँमा बिचल्लीत निर्वाचन क्षेत्रका नागरिकलाई खाधान्न बाढ्दै, भोकै मर्न दिन्न ः सांसद रिजाल

काठमाडौँमा बिचल्लीत निर्वाचन क्षेत्रका नागरिकलाई खाधान्न बाढ्दै, भोकै मर्न दिन्न ः सांसद रिजाल

किरण न्यौपाने, रंगेली

लकडाउनका कारण काठमाडौँमा बिचल्लीमा परेका मोरङ्ग क्षेत्र नं. २ का नागरिकहरुलाई संघिय सासंद डा. मिनेन्द्र रिजालले सहयोग थालेका छन् । काठमाडौँमा दैनिक मजदुरी गर्दै आएका आफनो निर्वाचन क्षेत्रका नागरिकहरुलाई जिविका चलाउन समस्यामा परेको सुचना पाउन साथ सांसद रिजालले राहत सहयोग उपल्वध गराउन थालेका हुन् ।

मोरङ्गको कानेपोखरी गाऊपालिका घरभई काठमाडौँमा मजदुरी गदै आएका ५ जनालाई डा. रिजालले राहत उपलब्ध गराएका छन् । उनीहरु बसीरहेकै स्थान नजिकका पसलहरुबाट आवश्यक खाधान्न उपलब्ध गराएको डा. रिजालले जनाकारी दिए । उनले भने काठमाडौँमा आफनो निर्वाचन क्षेत्रका नागरिक कोही पनि भोकै बस्नु परेको सुचना पाए, सबैलाई आफुले सकेको सहयोग गर्ने बताए । निर्वाचन क्षेत्रका नागरिकलाई समस्या नहोस भनेर मेरो सचिवालयमा सुचना आउनसाथ सहयोगी जितेन्द्र ठकुरी र सुनिल भण्डारी खटिएका छन् । डा. रिजालले केही रतुवामाई नगरपालिकाका युवाहरु घर फर्किने इच्छा व्यक्त गरेकाले उनिहरुलाई घर पठाउनका लागि पहल थालिरहेको जानकारी दिए । साथै सांसद रिजालले यसअधि कानेपोखरीका अन्य ११ जनालाई समेत राहत सहयोग गरेका थिए ।

सम्बन्धित खवर