पैयुपाटाका युवाको घरमा राहत बितरण

पैयुपाटाका युवाको घरमा राहत बितरण

पाेखरा : चट्याङले मृत्यु भएका बागलुङ नगरपालिका–१३ पैयुपाटाका युवाको घरमा पुगेर राहत बितरण गरिएको छ । जिल्ला दैबिप्रकोप उद्दार समितिले निर्णय गरे अनुसार पिडितको परिवारलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, बागलुङ नगरप्रमुख जनकराज पौडेलसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।

१३ दिनअघि परेको चट्याङले पैयुपाटाका युवक शंकर रिजालको मृत्यु भएको थियो । मंगलबार बसेको जिल्ला दैवी प्रकोप उद्दार तथा जिल्ला संकट व्यवस्थापन समितिको बैठकले उक्त राहत दिने निर्णय गरेको थियो । मंगलबार पनि गलकोटस्थित दुदिलाभाटीमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । समितिले जिल्लाभर निरन्तर परिरहेको असिनाले किसानको बालीमा परेको क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ति दिने समेत निर्णय गरेको छ ।

उक्त क्षतिपूर्तिका लागि स्थानीय, प्रदेश र संघिय सरकारको राहत संकलन गराएर उपलब्ध गराउने तयारी थालिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए । देश कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र जोखिमको न्युनिकरणमा लागिरहेको बेला भएको घटनाले थप दुखित बनाएको भन्दै नगर प्रमुख जनकराज पौडेलले पिडित परिवारलाई धैर्य भएर बस्न आग्रह गरेका थिए ।

सम्बन्धित खवर