काठमाडौँमा अलपत्र परेका १० बस नागरिकको उद्धार

काठमाडौँमा अलपत्र परेका १० बस नागरिकको उद्धार

सिन्धुलीको तीनपाटन गाँउपालिकाले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका १० बस नागरिकको उद्धार गरी ल्याएको छ ।

काठमाडौँबाट गाउँ फर्कन चाहनेहरुलाइ बुधबार सातवटा र मंगलबार तीन वटा बसको व्यवस्था गरी उ’द्धार गरेको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले मंगलबार काठमाण्डौको जडिबुटीबाट तीन वटा बस र बुधबार विहान पाँच बसमार्फत अलपत्र नागरिकको उद्धार गरी ल्याएको जानकारी दिनुभयो ।

बुधबार फेरी दुई वटा बस काठमाडौँ पठाएको उहाँले बताउनुभयो । अध्यक्ष थापामगरले भन्नुभयो, “दुई बस मानिस ल्याएपछि कति बाँकी हुन्छन, मानिस हेरेर फेरी बसको व्यवस्था गर्दछौं ।”

यस्तै, गोलञ्जोर गाउँपालिकाले पनि घर फर्कन चाहने गाउँपालिकाका नागरिकलाइ बसको व्यवस्था गर्ने भएको छ । सुनकोशी गाउँपालिकाले मंगलबार १५ वटाभन्दा बढी बस तथा ट्रकको व्यवस्था गरी आफ्ना नागरिकको उद्धार गरेको थियो । लकडाउनका कारण राजधानी काठमाडौ, बनेपा, भक्तपुरमा अलपत्र परेका सिन्धुलीका नागरिकलाइ मङ्गलबार उद्धार गरिएको गाँउपालिकाले जनाएको छ । भक्तपुरको जगातीसम्म उद्धारका लागि बस लगिएको थियो । यात्रुहरुलाइ बनेपा ल्याएर यात्रु विभाजन गरी गाडी मार्फत ल्याईएको थियो ।

गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालका अनुसार गाउँपालिकाको समन्वयमा पैदलयात्रुलाइ नेपालथोकबाट गाउँपालिकाको सीमा क्षेत्रसम्म उद्धार गरिदै आएको थियो । लकडाउन थपिदै जाँदा घर जाने यात्रुको संख्यासमेत बढ्दै गएपछि बनेपाबाट उद्धार थालिएको थियो । काठमाडौँमै गएर उद्धार गर्ने योजना भए पनि बस लैजाने अनुमति नपाएकाले भक्तपुरसम्म पुगिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर