चौदण्डीगढी नगरपालिकालाई सहारा नेपालको सहयोग

चौदण्डीगढी नगरपालिकालाई सहारा नेपालको सहयोग

सहारा नेपाल बेलटार शाखाद्धारा चौदण्डीगढी नगरपालिकालाई आर्थीक सहयोग गरेको छ । मंगलबार सहारा नेपाल बेलटार शाखाका प्रमुख सुजन कार्कीले पचास हजारको चेक नगर उप–प्रमुख रीताकुमारी चौधरीलाई हस्तान्तरण गरेका छन।

सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरकारको राहत अभियानमा सहयोग पुर्याउन नगरपालिकाको राहत खातामा जम्मा गरिएको सहारा नेपालका उदयपुर जिल्ला प्रमुख महेश तामाङले जानकारी दिए ।

सरकारको एकद्वार नीति अन्तर्गत सो सहयोग समुदायमा प्रत्यक्ष रुपमा नगरि नगरपालिकामा हस्तान्तरण गरिएको हो ।

आज चौदण्डीगढीलाई सहयोग गरेसँगै सहारा नेपालले उदयपुर जिल्ला अन्तर्गत कार्यक्षेत्र रहेका सबै पालिकाहरुलाई सहयोग कार्यक्रम सम्पन्न गरेको सहाराका उदयपुर प्रमुख तामाङले बताए ।

साथै सदस्य संख्याको आधारमा नेपालकै ठुलो सहकारी सहाराले बिपद्को यस घडीमा आफ्ना सदस्य भोकै बस्न नपरोस भनी ज्याला मजदुरी गर्ने सदस्यहरुलाई प्रति सदस्य पाँच हजार २ महिना सम्म निर्ब्याजी सापटी दिनको लागी ७ करोड फण्ट ब्यवस्थापन गरिएको प्रमुख तामाङले बताए ।

उक्त सहयोग रकम हस्तान्त्रण कार्यक्रममा नगरपालिकाका कर्मचारी नेत्र बिक, सहारा नेपाल बेलटारका खेम नारायण चौधरी, प्रमोद राजबंशी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर