बागलुङमा बन्यो एसियाकै अग्लो झोलुङ्गे पुल

बागलुङमा बन्यो एसियाकै अग्लो झोलुङ्गे पुल

बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । सो पुल एक वर्षअघिदेखि निर्माण शुरु भएको थियो । पुल यसै सातादेखि सञ्चालनमा आएको हो ।

कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

कालिगण्डकी नदीमाथि बनेको झण्डै १३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमूना परियोजना सम्पन्न भएको ठेकेदार कम्पनीको भनाइ छ ।

पुलमा २८ वटा लठ्ठा तानिएको छ । पुलमा कूल ९४५ स्टिलडेक (फ्ल्याक) बिछ्याइएको छ । पुलको प्रति वर्गफिटमा चार जना अट्न सक्ने क्षमता रहेको र पुल भरिभराउ भए पनि थेग्न सक्ने क्षमताको रहेको छ । पुल लामो हुने भएकाले बाइक सञ्चालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म रहेको छ ।

सम्बन्धित खवर