२ जना नर्समा पनि आरडिटीमा कोरोना पोजेटिभ

२ जना नर्समा पनि आरडिटीमा कोरोना पोजेटिभ

काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । ¥यापिड टेस्ट किट (आरडिटी) बाट २ पटक सम्म परीक्षण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ पाइएको हो ।

आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर विधिबाट परीक्षण गर्ने तयारी गरिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका उनिहरुलाई पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । टेकु अस्पतालकै आइसोलेसनमा उनीहरुको पिसिआर पनि हुँदै गरेको बास्तोलाले जानकारी दिए ।

सम्बन्धित खवर