राजेन्द्र महतो
लहान : लकडाउनमा अलपत्र परेकहरु भोकले छटपटाउँदै राजमार्गमा निस्किएका यात्रुहरुलाई खाजा खुवाउन विभिन्न ठाउँमा स्थानीयहरु आफैँ जुटेका छ्न।
काठमाडौंबाट पूर्वको यात्रामा आफ्नो गन्तव्य स्थान सम्म लम्किएकाहरू लाई सिराहाको लहान नगरपालिका १२ भोटिया चौकमा लहान नगरपालिका १३ गणेशपुरका
एक मध्यम वर्गीय परिवारका सदस्यले निःशुल्क खाजा खुवाएका छ्न।
लहान – १२ भोटीया चौकमा संगम होटल संचालन गर्दै आईरहेका सियाराम चौधरीले पैदल यात्रीलाई सोमबार दिनभरी निःशुल्क पानी र खाजा खुवाएका हुन् ।
देशका बिभिन्न स्थानबाट आफ्नो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजा खुवाएको चौधरीले बताए। चौधरीले सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनि दिएको बताए। नेपाल टेलिकम लहानका पुर्व प्रमुख भजन चौधरी र स्थानीय युवाहरुको बिशेष उपस्थिती र सहयोगमा यात्रुहरुलाई खाजा खुवाईएको हो ।