पोखरामा अनलाइनबाटै न्यायिक उजूरी दिन सकिने

पोखरामा अनलाइनबाटै न्यायिक उजूरी दिन सकिने
पोखरा : पोखरा महानगरपालिकामा अब अनलाइनमार्फत न्यायिक उजूरी दिन सकिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण परिस्थिति असहज भएपछि न्यायिक समितिसमक्ष अनलाइनमार्फत उजूरी दर्ता गराउन सकिने व्यवस्था गरिएको महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन ।

पोमपा, न्यायिक समिति संयोजक गुरुङका अनुसार अनलाइनमा ns.pokharamun@gmail.com मार्फत उजूरी दर्ता गर्न सकिन्छ । कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले अनलाइनमार्फत उजुरी लिने निर्णय गरेको थियो । महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समितिसमक्ष अनलाइनमार्फत दर्ता उजूरीको सम्बोधन गर्ने निर्णय गरेको गुरुङले जानकारी दिइन ।

सम्बन्धित खवर