अबका तीन दिनको मौसमी अवस्था

अबका तीन दिनको मौसमी अवस्था

पाेखरा : हाल देशमा स्थानीय वायुको  प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा  मेघ गर्जन /चट्याङ्ग / हावाहुरीसहित वर्षा भइरहेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली  रहि केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ। अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ।

राति पनि देशभर आंशिक देखि सामान्य  बदली रहि थेरै स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार पनि देशभर आंशिक देखि सामान्य  बदली  रहने छ।

अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थोरै स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा  हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

सम्बन्धित खवर