क्वारेनटाइनमा बसेका धनुसाका वडा अध्यक्षको कोरोना रिपोर्ट यस्तो आयो

क्वारेनटाइनमा बसेका धनुसाका वडा अध्यक्षको कोरोना रिपोर्ट यस्तो आयो

आरडीटी परीक्षणमा पोजेटिभ देखिएका धनुषाको वडाध्यक्षको स्वाब परीक्षण नेगेटिभ देखिएको छ । भारतबाट १ महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको आरडीटी सोमबार पोजेटिभ देखिएको थियो ।

आरडीटी टेस्ट पोजेटिभ देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएर पीसीआर प्रविधी मार्फत् परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका सह निर्देशक विजय झाले जानकारी दिए । उनी एक गत चैत २२ गते साँझ भारतबाट आएका थिए ।

कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयहरुले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयहरुले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडा अध्यक्षकै पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि जनकपुरधाम ल्याइएको थियो ।

सम्बन्धित खवर