राहत देखि रुख कटान सम्मका विषयमा कांग्रेसले बुझायो ध्यानाकर्षण पत्र

राहत देखि रुख कटान सम्मका विषयमा कांग्रेसले बुझायो ध्यानाकर्षण पत्र

भिमराज अधिकारी, पथरी

नेपाली कांग्रेस पथरी शनिश्चरेले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । मोरङको पथरी शनिश्चरेमा राहत वितरण, विश्वहाङ राइस मिलमा भएको घटना र पथरी बजारमै रहेको सालको रुख कटानका विषयलाई लिएर सोमबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

३ बुदे ध्यानाकर्षण पत्रको पहिलो बुदाँमा नगरका विभिन्न वडामा राहत वितरणको समयमा लक्षित वर्गमा नपुगेको गुनासो रहेको र सो विषयमा वडामा सर्वदलीय संयन्त्र बनाएर वितरण गर्न ध्यानाकर्षण गरिएको छ । यस्तौ बुदा नं. २ मा नगरको वडा नं. १ मा रहेको शंकर लधु उद्योग र २ मा रहेको विश्वहाङ राइस मिलमा उपमेयर यमुना विष्ट (बास्तोला), इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरी संगै रहेका समयमा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले मिलमा कार्यरत मजदुरमाथि लछारपछार गर्दै दुव्र्यवहार भएको उल्लेख छ । यस्तै बुदा नं. ३ मा लकडाउनको मौका छोपी वडा नं. १ का अध्यक्ष बाबुराम एङ्देनको निर्देशनमा गएको शुक्रबार ३ वटा सालको रुख काटिएका विषयमा सत्य तथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराएको कुरा उल्लेख छ ।

नेका कार्यवाहक नगर सभापति इश्वर थापाद्वारा जारी ध्यानाकर्षण पत्र नगर प्रमुख दिलिप कुमार राईलाई बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै राईले सत्य तथ्य कुरा बाहिर ल्याउनका लागि आफु लागि पर्ने बताए ।

यता विश्वहाङ राइस मिल र उद्योग वाणिज्य संघ विचमा सहमति भएको संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । विश्वहाङ राइस मिलका संचालक दिपक राई र उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतद्वार संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्ती सामाजिक संजाल मार्फत जारी गरेका हुन् । विज्ञप्तीमा विश्वहाङ राइस मिलका मजदुर माथि हातपात भएको र मिलमा कालो बजारी भएको विषयमा सामाजिक संजाल र अनलाइनमा आएको समाचार भ्रमपूर्ण रहेको उल्लेख गरिएको छ ।

सो समाचार तयार गर्दा मजदुर माथि हातपात भएको भनेर भनिरहेका मजदुरको मुख टालेर संचालक राईले उल्टै भ्रमपूर्ण समाचार भनेर विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । यता उपमेयर यमुना विष्ट र अध्यक्ष बस्नेतले मिलमा कालो बजारी भएको भनेर बताएको कुरा पनि झुटो सावित गराउन बस्नेतले भ्रमपूर्ण समाचार भनेर विज्ञप्ती जारी गरेका छन् ।

यस्तो थियो लछारपछार पारेको भनेको भिडियो

सम्बन्धित खवर