७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु, हाल सम्म ३३ हजारको परीक्षण

७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु, हाल सम्म ३३ हजारको परीक्षण

काठमाण्डौँ, कोरोना (कोभिड १९) को ¥यापिड टेस्ट किट (आरडीटी)बाट ७७ वटै जिल्लामा परीक्षण हुन थालेको छ । हाल सम्म ३३ हजार ५६२ जनाको परीक्षण गरीएको छ ।

पीसीआर विधिबाट ८ हजार ४१४ र आरडीटीबाट २५ हजार १४८ गरी कुल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमित ३१ जनामध्ये ४ जना निको भएर घर फर्किसकेको जानकारी दिनुभयो । बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम पनि जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश नं १ मा अहिलेसम्म २ हजार ३४९, प्रदेश नं. २ मा ३ हजार २३८, वाग्मती प्रदेशमा ४ हजार ६७६, गण्डकी प्रदेशमा ३ हजार ७५१ जनाको परीक्षण गरिएको छ । यस्तै प्रदेश नं. ५ मा २ हजार ३२४, कर्णाली प्रदेशमा ३ हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ वटा आरडिटी परीक्षण भइसकेको छ ।

हाल सम्म् क्वारेनटाइनमा बस्ने व्यक्तिको सङ्ख्या ५ हजार ९३६ पुगेको छ । आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या १११ रहेको छ । त्यसमध्ये उपत्यकाभित्र ४ जना छन् भने उपत्यका बाहिर १०७ जना रहेका छन् ।

गएको २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी परीक्षण गराउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

सम्बन्धित खवर