एनएमबी बैंकले दियो पोखरा महानगरलाई खाद्यान्न

एनएमबी बैंकले दियो पोखरा महानगरलाई खाद्यान्न

पाेखरा : एनएमबी बैंकले लकडाउनका कारण समस्यामा परेकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गर्न सुरु गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनमा समस्यामा परेकालाई सहयोग गर्न ७ सय ५० केजी चामल र २ सय ५० केजी दाल प्रदान गरिएको जनाएका छन् ।

सो खाद्यान्न सामग्री गण्डकी प्रदेशबाट सुरु गरिएको र सोमवार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरिएको पराजुलीले वताए । सबैभन्दा बढी प्रभावित समुदायका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको बैंकले जनाएको छ । ।

सम्बन्धित खवर