लकडाउनको बेला सिरहामा लागू औषध सहित दुई जना पक्राउ

लकडाउनको बेला सिरहामा लागू औषध सहित दुई जना पक्राउ

राजेन्द्र महताे

लहान : कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको बिष्णुपुर गाउँ पालिका बाट सिरहा प्रहरी ले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहा बाट खटिएको गस्ती टोलीले बिष्णुपुर गाउँ पालिका -१ भोला बाबा चौक स्थित चेकजाच गर्ने क्रममा बि.आर. ३२ आर. २३३४ को भारतिय नम्बरको मोटर साइकलमा आउदै गरेको
सिरहा नगरपालिका -१५ को २८ बर्शिय बमशंकर कुमार यादव र सिरहा नपा १६ को गोबिन्द कुमार यादवको साथ बाट डाइलेक्स डि सी – ४५ बोतल सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रबक्ता बिनोद घिमिरेले बताएका छन।

पक्राउ परेको दुबै जना लाई आबश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा मा ल्याइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न।

सम्बन्धित खवर