सुखिपुर नगर प्रमुख प्रति बिरोध प्रदर्शन ( भिडियो सहित )

सुखिपुर नगर प्रमुख प्रति बिरोध प्रदर्शन ( भिडियो सहित )

लहान : संसारभर महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस ९कोभिड १९० रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित गरिब , द्लित, बिपन्नलाई सुखिपुर नगरपालिका राहत वितरण कार्य निकै ढिलाइ र बेवास्ता गरिएको बिरोधमा सुखिपुर नगरवासीले सुखिपुर नगरपालिका का मेयर प्रति शान्तिपुर्ण बिरोध प्रदर्शन गरिएको थिए ।

जब शान्तिपुर्ण बिरोध प्रदर्शनको विद्यार्थी नेता प्रबिन लाल दास ज्युले फेसबुक लाईभ गर्दा सुखिपुर नगरपालिका नगर प्रहरीका जवान अनिल र सन्तोष यादव दारा मोबाइल खोसेको हुँदा शान्तिपुर्ण बिरोध प्रदर्शन उग्ररूप लिएको थियो ।सुखिपुर नगरपलिकाका भवनका झ्यालको सिसा फुटाईएको छ ।

प्रहरी र बिरोध प्रदर्शनमा झरप र ढुंगामुढा समेत भएको छ । धेरै बेर बिरोध प्रदर्शन हुदा केही अगुवाहरु सुखिपुर नगरपालिका मेयर संग वार्ता गर्न गयर सुखिपुर नगरपालिका मेयर राम अवतर यादव भन्नुभयो कि तपाईं बिरोध प्रदर्शन नगर्नु तपाईंको दुःख मेरो दुःख हो । नगरपालिका को सचिव नभएर ढिलाइ भएको हो । आबको एक हप्ता भित्र नगरपलिका सबै वडा हरू राहत सामाग्री गरिने आश्वासन दिएको छ। यतोबेला पनि अथानिय सरकार गम्भीर नभएको दुःखद् बिषय हो।

सम्बन्धित खवर