अनेरास्ववियूले बाड्यो राहत

अनेरास्ववियूले बाड्यो राहत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले राजधानीमा विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । अनेरास्ववियूले कोरोना संक्रमण पछिको जारी लकडाउनका कारण समस्यामा परेका विद्यार्थीको पहिचान गर्दै राहत वितरण गरेको हो ।

शनिबार कीर्तिपुरस्थित साल्भनिय ऎकेडेमीमा ५०० जनालाई विभिन्न राहत सामग्री वितरण गरिएको विद्यार्थी नेता नारायण घर्तीले जनता समाचारलाई जानकारी दिनुभयो ।

घर्तीका अनुसार अखिलले प्रति विद्यार्थी १५ केजी चामल, २ केजी दाल तथा तेल र नुन केजि १ १ केजी उपलब्ध गरिएको हो । राहत वितरण कार्यक्रममा अनरास्ववियूका संयोजक ऐन महरसहित नेताहरु नारायण घर्ती , मोति बिक, माधव पन्त , पंकज भन्डारी र तपेन्द्र शाही लगायतको उपस्थित रहेको थियो ।

अनेरास्ववियूले उपकार चामल उद्योगका प्रोप्राईटर केशव शर्मा र जिमि ग्रुपका प्रोपाईटर जीवन चलाउनेको सहयोगमा राहत वितरण गरेको जनाएको छ । आइतबार पनि राजधानीका विभिन्न स्थानमा शर्मा र चलाउनेकै सहयोगमा राहत वितरण गरिने नेता घर्तीको भनाई छ ।

सम्बन्धित खवर