कास्की कांग्रेसद्वारा सरकारसँग राहत प्याकेज माग

कास्की कांग्रेसद्वारा सरकारसँग राहत प्याकेज माग

पाेखरा : नेपाली काँग्रेस कास्कीले एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन सरकारसंग माग गरेको छ । सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै भएको भन्दै कांग्रेसले कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ती जारी गर्दै राजनीतिक दल, सामाजिक संघ संस्थाको सहभागितामा राहत वितरण गर्नुपर्ने समेत उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ– ‘न्युन रहेको राहतलाई बढाउन आवश्यक छ ।’ तथ्यांक संकलन गरी राहत व्यवस्थित र पारदर्शी गनुपर्ने देखिएको भन्दै विज्ञप्तीमा वडामा खाना खुवाउने व्यवस्था पनि अव्यवहारिक भएको जनाइएको छ ।

राष्ट्रिय संकटका बेला भूमि समस्या समाधान आयोगमा कार्यकर्ता नियुक्त गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ । सरकारको सम्पूर्ण शक्ति र स्रोतनै कोरोनाविरुद्व लगाउनुपर्ने समयमा आफ्ना कार्यकर्तालाई सुविधा दिन यस्तो नियुक्त गरिएको भन्दै विज्ञप्तीमार्फत आचोलना समेत गरेको छ ।

विज्ञप्तीमा पोखरा–१९ घार्मिमा रहेको राष्ट्रिय वन फँडानीमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संलग्न रहेको समाचार सार्वजनिक हुनु दुःखद विषय भएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । वन फँडानीको विषयमा आवश्यक अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न समेत कास्की काँग्रेसले माग गरेको छ ।

त्यस्तै, चिकित्सक शेरबहादुर पुनलाई कारवाही गर्ने समाचार सार्वजनिक भैरहँदा स्वास्थ्यकर्मीको मनोबल घट्ने भन्दै स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख दिने र मनोबल घटाउने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित खवर