उदयपुरको त्रियुगा नगरपालिकाले राजधानी लगायत देशका विभिन्न स्थानबाट आएका पैदल यात्रुलाई लक्षित गरि सहायता केन्द्र संचालन गरेको गरेको छ ।
उदयपुर सदरमुकाम प्रवेसद्धार त्रियुगा नगरपालिका वडा नं. ६ स्थित लालपत्तामा नागरिक साहायता केन्द्र स्थापना गरेर नगरपालिकाले पैदल यात्रुहरुलाई खाना खुवाउने र सवारीको व्यवस्था गरि घर सम्म पुयाउने व्यवस्था मिलाएको हो ।
काठमाण्डौ देखि ६ दिनको पैदल यात्रा गरी उदयपुर प्रवेस गरेको स्थानीहरुलाई एक दिन क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरि घर सम्म पुयाउने व्यवस्था मिलाईएको त्रियुगा नगरपालिकाका प्रमुख बलदेब चौधरीले जानकारी दिए ।
त्रियुगा नगरपालिकाले स्थापना गरेको सहायता केन्द्रमा हाल बिहिबार १७ जना र शुक्रबार ४१ जना पैदल यात्रुलाई राखी घर पठाईएको छ ।
आज शनिवार काठमाडौं, पोखरा र लमजुङबाट आएका ६६ जना पैदल यात्रीहरु लाई उदयपुरको प्रमुख नाका लालपत्तामा रहेको नागरिक साहयता केन्द्रमा खाना ,सुत्न र बस्न ब्यबस्था सहित स्वास्थ चेकगरि गाडीको ब्यबस्थागरि सम्बन्धित नगर गाउँपालिकामा पठाइएकाे र हालसम्म १२२ जनाको उद्वार गरिएकाे मेयर चौधरीले बताए।
त्रियुगा उद्योग बाणिज्य संघ र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा क्वारेन्टाईन स्थलमा खाना खाने, नुहाउने, स्वास्थ्य परिक्षण पछि चिकित्वसको सल्लाह अनुसार घर सम्म पुर्याउने व्यवस्था मिलाईएको त्रियुगा नगरपालिकाका मेयर चौधरीले बताए ।