उदयपुरका ६९ जनाको स्वाबको नमुना संकलन गरियो

उदयपुरका ६९ जनाको स्वाबको नमुना संकलन गरियो

 

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा ११ जना भारतीय र एक जना नेपालीलाई कोरोना संक्रमित पुष्टि भएपछी शिल गरेको उक्त गाउँका ६९ जनाको स्वाब नमुना संकलन गरिएको छ।

१ नं प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वाब नमुना संकलन गरेको हो।

संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुलाई पहिलो चरणमा स्वाब नमुना लिएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

उक्त नमुनाको परिक्षण पश्चात्त रिर्पोटको आधारमा थप कदम चालिने जनस्वास्थ्य प्रमुख सुवेदीले बताए । ६० जना स्थानीय, ५ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीको पनि स्वाब संकलन प्रमुख सुवेदीले बताए ।

सम्बन्धित खवर