लकडाउनको मौका ः वडा अध्यक्षकै आदेशमा सालको रुख काटियो, अध्यक्ष भन्छन् मलाई थाहा छैन्

लकडाउनको मौका ः वडा अध्यक्षकै आदेशमा सालको रुख काटियो, अध्यक्ष भन्छन् मलाई थाहा छैन्

मोरङ, लकडाउनको मौका छोपेर पथरी शनिश्चरे १ का अध्यक्षको आदेशमा शुक्रबार ३ वटा सालको रुख काटिएको पाइएको छ । अध्यक्ष बाबुराम एङ्देनको आदेशमा वडा नं. १ को मन्दिरलाइनमा रहेको धिमाल ग्रामथानका ३ वटा रुख काटिएको पाइएको हो ।

एङ्देनले रुख काट्न बोलाएपछि पेसेवर रुपमा रुख काट्दै आएका कानेपोखरी गाउँपालिकाका पारश बुढाथोकी र शंकर लिम्बूले रुख काटेको बताएका छन् । आफुहरु सामुदायिक वनहरुसंग पेशागत रुपमा रुख काट्ने काम गर्दै आएकाले शुक्रबार पनि एङ्देनले रुख काट्न भनेपछि रुख काटेको बताए ।

रुख काट्ने पारश बुढाथोकीले भने आफुहरुलाई फसाईएको बताइका छन् । आफुहरुले रुख काटेको तर वडाध्यक्ष बाबुराम एङ्देनले घरमा आएर सबै कागज पत्र मिलाएको छ रुख काटिदिनु भनेर कारमा लगेको बताएका छन् । २ ओटा रुख काटे पछि वन रक्षक आएको र आफुहरुलाई रुख काट्न लगाउने व्याक्तिले भाग भनेपछि भागेको बताएका छन् । हामीलाई लाने र ल्याउने उहाँहरुले नै गरेको बुढाथोकीले बताए ।

यतिबेला लकडाउको मोका छोपी बिभिन्न गति बिधी हुने गरेका पाईएको छ । सबै घर बसेको समयमा नेपाल सरकार र स्थानिय सरकारले अनुमती दिएका ब्याक्तीहरु मात्र बाहिर निस्कन पाउछन् । त्यहि मैका छोपि मोरङको पथरी शनिश्चरे–१ महेन्द्र राजमार्गसंगै टासिएको धिमाल जातीय विकास केन्द्र पथरी ग्रामथानमा सालका रुखहरु ढालिएका छन् ।

ग्रामथान अगाडि ट्राफिक प्रहरी कार्यालय पर्दछ । लकडाउनले गर्दा ग्रामथान र ट्राफिक प्रहरी कार्यलयको बिचमा चेकिङ रहेको छ । दिउँसो गैरकानूनी रुपमा तीन वटा रुख ढालिदा प्रहरीले कुनै रोक तोक गरेको देखिदैन ।

धिमाल जातीय विकास केन्द्र पथरी ग्रामथान भित्र दिउसै सालको रुख ढाल्नु, नजिकै रहेको प्रहरी कार्यलयलाई जानकारी नहुनु, संगै चेकिङमा रहेको प्रहरीले रोक तोक नगर्नु र स्थानिय सरकारलाई थाहाँ नहुनुले सबैको सेटिङ रहेको प्रष्ट देखिन्छ ।

शुक्रबार दिउसो २ बजे रुख ढालिएको थियो । दुई वटा रुख ढालिसकेपछि तेस्रो रुख ढाल्दै गर्दा सेक्टर वन कार्यालय पथरी र सेक्टर वन कार्यालय उर्लाबारी मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेको थियो । वन रक्षक टोलि त्यहा पुग्दा रुख ढाल्दै गरेका २ ब्यक्ती फरार भएको सेक्टर वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले बताए । फरार रहेका २ जना पारस बुढाथोकी र शंकर लिम्बु रहेको अलाउलिनले जानकारी दिए । धिमाल ग्रामथान रहेको एरियामा वाल लगाएको छ ।

सो विषयमा धिमाल जातीय विकास केन्द्र पथरी नगर अध्यक्ष साजन धिमालसँग सम्पर्क गर्दा उनले भने –‘रुख ढलेपछि आफुले थाहा पाएको गएर हेर्दा र त्यहाँ वरीपरी बुझ्दा कोही बोलेनन् । यो कस्ले गरेको हो आफुलई थाहा नभएको धिमालले बताए ।

यस्तै गरी धिमाल जातीय विकास केन्द्र पथरी गाउँ टोल समितिका अध्यक्ष गोविन्द धिमालले पनि आफूलाई केही थाहा नभएको बताए । यस्तै घटनास्थलमै भेटिएका १ नम्बर वडा अध्यक्ष बाबुराम ऐङ्दनले आफूलाई सो बिषयमा जानकारी नभएको बताए ।

सम्बन्धित खवर