सिरहामा स्थानीयहरु मजदुरको सेवामा जुटे

सिरहामा स्थानीयहरु मजदुरको सेवामा जुटे

राजेन्द्र महतो, लहान

लकडाउनमा अलपत्र परेकहरु भोकले छटपटाउँदै राजमार्गमा निस्किएका यात्रुहरुलाई खाना खुवाउन सिरहाका मिर्चैया र बन्दीपुरका स्थानीयहरु आफैँ जुटेका छ्न् ।

काठमाडौंबाट पूर्वको यात्रामा आफ्नो गन्तव्य स्थान सम्म लम्किएकाहरूलाई सिराहाको मिर्चैया र बन्दीपुरमा स्थानीयले खाजाका पोका बाँडेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरमा स्थानीय युवा र मिर्चैया नगरपालिकामा स्थानीय व्यवसायीले चाउचाउ, बिस्कुट र पानी सहयोग गरेका हुन् ।
उनीहरुले पैदलयात्रुलाई खाजाको व्यवस्था’ लेखेर खाएर जान आग्रह गरेका छन् । बुधबारदेखि तीन सय पैदलयात्रुलाई चाउचाउ, पानी र भुजा वितरण गरिएको बन्दीपुरका स्थानीय युवा जितेन्द्र यादवले बताएका छ्न । आफूहरूले खाना नै खुवाउने योजना बनाए पनि प्रहरीले अनुमति नदिएपछि खाजा सहयोग गरेको यादवले बताएका छ्न्।

त्यस्तै, मिर्चैयामा उद्योग वाणिज्य संघ मिर्चैयाको पहलमा करीब दुई दिनमा एक सय ३५ जना पैदल यात्रुलार्इ चाउचाउ, बिस्कुट र पानी वितरण गरिएको संघका सचिव भरत महासेठले बताएका छ्न्।

सम्बन्धित खवर