नेपालमा थप एकजनामा कोरोना पुष्टि भएको छ । शनिवार थप एकजना ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले भर्खरै अद्यावधिक गरेको विवरण अनुसार थप एकजनामा कोरोना पुष्टि भएको जनाइएको छ । ति संक्रमित बिराटनगरका रहेका छन् ।
हाल सम्म ३१ जनामा संक्रमण देखिएको भएता पनि २ जना भने स्वास्थ्य लाभ गरेका छन् ।