पथरी शनिश्चरेमा छुटेकाहरुलाई पूनः राहत वितरण गरियो

पथरी शनिश्चरेमा छुटेकाहरुलाई पूनः राहत वितरण गरियो

पथरी, कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण अति समस्यामा परेका र यसअघिको राहतमा केही छुट भएका दैनिक ज्यालामजदुरहरुका लागि पथरी शनिश्चरे नगरपालिकाले राहत वितरण सम्पन्न गरेको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति’ को निर्णय अनुसार राहत व्यवस्थापन तथा वितरण समिति मार्फत छुटपुट भएकाहरुका लागि प्रति वडा ५० घर परिवारका दरले राहत वितरण सम्पन्न गरेको हो ।

आज वडा नम्वर २, ३ र १० मा वडा कार्यालयमा एकमुष्ठ राहत पुर्याइएको छ । हिजो १, ४, ५, ६, ७, ८ र ९ वडामा वडा कार्यालयमा राहत पुर्याइएको थियो । वडा कार्यालयले मापदण्ड अनुसार छनौट गरी यस अघि छुट हुन गएकाहरुलाई राहत वितरण गर्नेछ । राहत स्वरुप यसअघिकै मापदण्ड अनुसारको चामल, दाल, खानेतेल, नून र साबुन उपलब्ध हुनेछ ।

समन्वय समिति सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, नेकपाका चन्द्रकुमार राई, नेपाली कांग्रेसका दुर्गाप्रसाद भट्टराई सहित समन्वय समिति तथा राहत समितिका सदस्यहरुको सहभागितामा वडा वडामा राहत पु¥याएको छ ।

यस अघि सवै वडामा गरी ४ हजार ३ सय ४ घर परिवारलाई राहत वितरण गरिएको थियो । २ जनासम्म रहेको परिवारका लागि १२ केजी चामल, २ भन्दा बढी भएको परिवारमा २५ केजी चामल तथा सवैका लागि २ केजी दाल, १ लिटर खानेतेल, १ किलो नून र २ वटा साबुन वितरण गरिएको हो । ४ हजार ३ सय ४ घर परिवारका लागि ५७ लाख ३३ हजार २ सय ३४ रुपैयाँ खर्च भएको थियो ।

सम्बन्धित खवर