२७ दिनपछि घर फर्किइन प्रशिद्धि श्रेष्ठ

२७ दिनपछि घर फर्किइन प्रशिद्धि श्रेष्ठ

 

कोरोना संक्रमित काठमाडौंकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन्। काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन्।

काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन्।

उनलाई परिवारका सदस्यले घर लिएर गएका हुन्। गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड १९ पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो।

पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।

उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिए पछि डिस्चार्ज गरिएको हो।

टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग सम्पर्क भएका परिवारका ६ सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको थियो।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको बिमानमा आएकी उनलाई कोभिड पोजिटिभ देखिएपछि टेकू अस्पतालको आइसोलेसनमा भर्ना गरिए

सम्बन्धित खवर