फाइल फोटो
केराबारी । उत्तरी मोरङको केराबारी गाउँपालिका अन्र्तगत रहेको विभिन्न सामुदायिक वनहरुमा लक डाउनको मौका छोपी वन्यजन्तु तथा काठपात चोरी तस्करी गर्ने क्रम मौलाएको पाइएको छ ।
लक डाउँनको समयमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिश्कन नेपाल सरकारले सार्वजनिक सूचना गरी मुलुक नै लक डाउँनको अवस्थामा रहेपनि यही मौकामा चोरी तस्करी गर्ने र बन विनास गर्ने क्रम पनि बढेको हो ।
केही दिन अघि इलाका प्रहरी कार्यालय केराबारीले सामुदायिक वनबाट बन्यजन्तु चोरी सिकारी गर्ने झापाका एक सहित केराबारी ८ का १ जनालाई पक्राउ गरेको घट्ना सार्वजनिक भएसंगै यतिबेला पुन काठ चोरीका घट्ना सार्वजनिक भएको छ ।
लक डाउँनको समयमा मौका छोपी केराबारी ८ को हजारविघा सामुदायिक वन समुहमा चार ट्याक्टर सखुवा खम्बा नियन्त्रणमा लिएको छ ।
सामुदायिक वनक्षेत्रमा प्रवेश गरी सखुवाको लाथ्रा र दाउरा काट्नेहरुले संरक्षित वनक्षेत्रका ५सय वढी सखुवाको विरुवा नष्ट गरेको वन समुहका अध्यक्ष मनमाया बजगाँईले बताएन् ।
शुक्रबार वन क्षेत्रमा निरीक्षण गर्ने क्रममा वनक्षेत्रमा व्यापक काठ तथा बोटविरुवा नष्ट गरेको भेटिएपछि उपभोक्ताहरुको घर खानतलासी गर्दा सो परिणामको काट दाउरा फेला परेको बजगाईले बताइन् । वरामद गरिएको ४ ट्याक्टर बढी काठ दाउरा सखुवाको खम्बा वन समुहको घाटगदीमा राखिएको र आवश्यक कार्वाहीको तयारी भइरहेको जनाएको छ ।
यसैविच चोरी तस्करीको मौका छोपी एकता सामुदायिक वन समुहको तराघेराबारा भित्र रोपिएको बास समेत चोरी भएको छ । बन समुहका अध्यक्ष घनश्याम पौड्यालका अनुसार लक डाउनको समयमा वन क्षेत्रमा प्रवेश गरी उपभोक्ताहरुले नै एक सय देखि डेढ सय घना सम्म बास चोरी गरेको बताए । बाँस कसले चोरी गरेको भन्ने एकिन नभएपनि खोजी कार्य भइरेको र सो पत्ता लगाई कार्वाही गर्ने तयारी भइरहेको बताए ।