विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको बेला नेपालमा पनि अहिलेम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।
त्यसमध्ये २८ जना अस्पतालमै उपचाररत छन्। उपचाररत अधिकांशको स्वास्थ्य अवस्था सामान्य नै छ। गत माघ १० गते पहिलोपटक नेपालमा चीनबाट आएका व्यक्तिमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो।
ती संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्। ९ चैतमा काठमाडौँकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो।
उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ आइपुगेकी थिइन्। संक्रमणको तेस्रो केस गत ११ चैतमा देखिएको थियो। युएईको सारजाहबाट एयर अरेवियाको उडानबाट गत ६ चैतमा काठमाडौँमा ओर्लेका धादिङका ३४ वर्षीय पुरुष संक्रमित पाइएका थिए।
अहिले दोस्रो र तेस्रो संक्रमित टेकु अस्पतालमा उपचाररत छन्। चौथो संक्रमित धनगढीका हुन्। ३४ वर्षीय ती पुरुष गत ७ चैतमा दुवईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए।
उनमा संक्रमण भएको १४ चैतमा थाहा भएको थियो। पाँचौ संक्रमित बेल्जियमबाट आएकी बाग्लुङकी १७ वर्षीया युवती हुन्। उनीसँगै आएकी ६५ वर्षीया वृद्धालाई २० चैतमा संक्रमण भएको थियो।
२२ चैतमा कैलाली २ र कञ्चनपुरका १ गरी थप ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो। संक्रमितमध्ये दुईजना भारत र एकजना धनगढीकै स्थानीय महिलामा भएको पाइएको थियो।
तर हाल सम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भइ अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
हिजो मात्रै उदयपुरमा १२ जना भारतबाट आएर मस्जितमा लुकेर बसेकाहरुलाई कोरोना पुष्टी भएको छ। उनीहरुलाई प्रादेशीक कोरोना अस्पतालमा राखिएको छ ।
त्यस्तै चितवनमा पनि २ जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको संख्या ३० जना पुगेको छ । २ जना उपाचार पछि घर फर्किएका छन भने २८ जना उपाचारत छन । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनको संख्या १ लाख ५४ हजार २ सय ६१ रहेको छ, भने कोरोना संक्रमितको संख्या २२ लाख ५ हजार ७५७ जना रहेको छ । उपचार पछि घर फर्किनेको संख्या ५ लाख ७१ हजार १४५ रहेको छ ।




