राजेन्द्र महतो, लहान : सिरहाको लहान नगरपालिका वडा नं. ८ का गरीब तथा विपन्न वर्गका परिवारलार्इ राहत बितरण गरिएको छ ।
स्थानीय नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्य र नेपाली कांग्रेसका पुर्व नगर सभपती तथा एपोलो मावि लहान का संचालक महेश चौधरीले संयुक्तरुपमा २७ घर परिवारलाई खाद्यन्न समाग्री सहयोग गरेका हुन ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजरा चलाउँदै आएका बिपन्न परिवारलाई राहत समाग्री बितरण गरिएको काँग्रेस नेता महेश चौधरीले बताए।
उनीहरुले सहयोग गरेको राहतको प्याकेजमा १० किलो चामल , २ किलो आलु ,१ किलो नून र १ प्याकेट खानेतेल रहेको थियो ।