बालीमा फौजीकीरा देखिएपछि उदयपुरका किसानहरु चिन्तित

बालीमा फौजीकीरा देखिएपछि उदयपुरका किसानहरु चिन्तित

 

उदयपुरका किसानले लगाएको बालीमा फौजीकीराको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् ।

किसानले लगाएको मकै तथा तरकारी जस्ता हिउँदे बालीमा फौजीकीराले आक्रमण गरेर क्षति पुऱ्याउन थालेपछि किसानहरु मारमा परेका छन।

कीराको आक्रमणबाट किसानले लगाएको मकै र तरकारीमा नोक्सानी हुन थालेको छ ।डालेघाँसहरूमा समेत कीराले आक्रमण गरेपछि पशुपालन गर्ने किसानलाई समेत असर गर्न थालेको छ ।

मकैको बिरुवा नै फौजीकीराको आक्रमणले सखाप हुने अवस्था रहेको कटारी नगरपालिका– ७ का किसान भरत खत्रीले बताए ।

‘फौजीकीराको आक्रमणले लगाएको सबै मकैबाली नष्ट हुने अवस्था पुगेको छ,’ खत्रीले भने । तीन साता अघिदेखि सुरु भएको फौजीकीराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणमा आउनुको सट्टा झन् फैलिँदै गएको कटारी नगरपालिका– ११ का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले बताए ।

उदयपुर जिल्लाको पहाडी क्षेत्रमा लगाइएको सयौँ हेक्टर मकैको बिरुवा बोटमै मर्ने गरी कीरा लागेको किसानहरूले बताएका छन् । यस कीराले मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेको कटारी नगरपालिका कृषि प्राविधिक सोनु मिश्रले बताए ।

कीराको प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर फौजीकीरा हो भन्ने यकिन गरेको पनी मिश्रले बताए । १० नंबर वडामा कटारी न।पा। कृषि शाखा र कृषि ज्ञान केन्द्र उदयपुर को प्राविधिक टोलिले स्थलगत निरिक्षण गरी नगरपालिकाबाट स्प्रेयर १ थान र बिषादी ३० बट्टा बितरण गरिएको छ । त्यसैगरी ज्ञान केन्द्रबाट समेत २० बट्टा बितरण गरिएको छ।

ज्ञान केन्द्र र कटारी नागरपालिका कृषि शाखा प्राबिधिक टोलीले वडा न। ५ को सीसाघारी, वडा नंबर ४ मरुवा क्षेत्रमा लगाईएको मकै बालिमा किरा पहिचान फौजी किराको क्षति अनुगमन तथा नियन्त्रणका लागि बिषादी बितरण गरेको थियो ।

कटारी नगरपालिका कृषि शाखा अहिले फौजी किराको नियन्त्रणमा खटिरहेको कृषि प्राविधिक मिश्रले बताए ।

सम्बन्धित खवर