प्रदेश नम्वर १ मा पनि एकैचोडी ८ जना भारतीयमा देखियो कोरोना

प्रदेश नम्वर १ मा पनि एकैचोडी ८ जना भारतीयमा देखियो कोरोना

प्रदेश १ पहिलोपटक कोरोना देखिएको छ । उदयपुरको मस्जिदमा रहेका ८ जना भारतीयमा कोरोना भएको पाइएको हो ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० जना मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालयसँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खवर