बाटोमा अलपत्र परेका ५ जना मजदुरहरु घरपुगे

बाटोमा अलपत्र परेका ५ जना मजदुरहरु घरपुगे

पथरी, बाटैमा अलपत्र परेका ५ जना मजदुरहरु घर पुगेका छन् । सुनसरीको हरिनगरा ४ का उनिहरु झापाको मेचिनगर १४ दुवागढीमा काम गर्न पुगेका थिए । दुवागढीबाट पैदल हिडेका उनिहरु आज घर पुगेका छन् ।

बोरिङ गाड्नका लागि दुवागढी पुगेका उनिहरुलाई वडाले दिएको राहत पनि सकिएपछि हिडेरै घरजाने भन्दै बाटो लागेको कृष्ण कुमार महतोले बताए । घरजाने भनेर ढिट गरेपछि वडा कार्यालयले पनि सिफारिस बनाएर घर पठाएको थियो । उनिहरुलाई विहिबार उर्लाबारीमा संचारकर्मीहरुले फेला पारेपछि हरिनगराका जनप्रतिनिधीहरुसंग सम्पर्क गरेर आफ्ना नागरिक सकुसल लैजान अनुरोध गरेको थियो । विहिबार दुवागढीबाट ४ बजे विहान हिडेका उनिहरु साँझ पथरी आइपुगेका थिए ।

बेलुका इलाका प्रहरी कार्यालय पथरी र पथरीका संचारकर्मीहरुले पथरीमा नै बास बस्ने वातावरण मिलाएर शुक्रबार विहान विदा गरेको थियो । आफ्ना नगरिक लैजानका लागि हरिनगराले आनाकानी गरेपछि उनिहरु पैदल हिडेर भएपनि जाने भनेर बाटो लागेका थिए । लक्ष्मीमार्गमा प्रहरीले रोकेर लिन नआए जान नदिने भनेपछि पालिका लिन आउन बाध्य भएको थियो । पालिकाले गाडीको व्यवस्था गरेर सकुशल आफुहरुलाई घर पु¥याएको महतोले फोन सम्पर्क गरेर जानकारी दिएका छन् ।

सम्बन्धित खवर