आरडिटीमा पोजेटिभ आएको मोरङकी युवतीमा कोरोना देखिएन

आरडिटीमा पोजेटिभ आएको मोरङकी युवतीमा कोरोना देखिएन

मोरङ बुढिगंगा १ की युवतीमा आरडिटी मार्फत परीक्षण गर्दा पोजेटिभ देखिएपनि पिसिआर (थ्रोट स्वाव प्रयोगशाला) मा परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

भातको बैङ्गलोरबाट एक महिना अघी घर आएकी ति युवतीको बिहिबार ¥यापिड टेस्ट किट मार्फत परीक्षण गर्दा रिपोर्ट पोजेभि आएको थियो । कोशी अस्पतालमा गरिएको स्वाव (पिसिआर) परीक्षणमा भने कोरोना नभएको पुष्टी भएको हो । २७ वर्षीय ती युवतीको आरडिटीमा पोजेटिभ आएपछि कोशीको आइसोलेसनमा राखिएको थियो । उनको पिसिआर परीक्षणमा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिव भरतमणि रिजालले जानकारी दिनुभयो ।

चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

यसअघि पनि झापाका एक युवकमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएको रिपोर्ट पिसिआर परीक्षणमा नेगेटिभ देखिएको थियो ।

सम्बन्धित खवर