लहानमा कुहिएको राहत वितरण

लहानमा कुहिएको राहत वितरण

 

सिरहाको लहान नगरपालिकाले राहतको नाम वितरण गरेको कुहिएको चामल र आलुको बिषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छानबिन प्रक्रिया शुरु गरेको छ।

लहान नगरपालिकाले स्थानीय गरिव तथा विपन्न वर्गका परिवार लाई कुहिएको चामल बितरण गरेको तथ्य बाहिरीएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया शुरु गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नगरपालिकाका केहि वडामा बितरण गरेको चामलको नमुना र राहत साम्रगी खरिद सम्बन्धि आवश्यक कागजातहरु नियन्त्रणमा लिएको आयोगका उप ( सचिव मनिराम ञवालीले बताए ।

सम्बन्धित खवर