वन उपभोक्ता समूहद्वार राहत वितरण

वन उपभोक्ता समूहद्वार राहत वितरण

 

लकडाउन सँगै दैनिक ज्याला मजदुर गरेर खाने विपन्न परिवारलाई उदयपुरगढीमा राहत वितरण गरिएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ मा रहेको मनकामना र पन्चकन्या सामुदायिक वनले संयुक्तरुपमा विपन्न परिवारलाई खाद्यन्न राहत सामाग्री वितरण गरेका हुन । । वडा र गाउँपालिकासँगको समन्वयमा सामुदायीक वनले राहत वितरण गरेको हो ।

मनकामना सामुदायिक वन उपभोक्ता समुहले उदयपुरगढी ७ को नाङराङ्गेमा ८२ घर धुरी मध्ये अति विपन्न १२ घर परिवारलाई ३० केजि चामल, २ लिटर तेल, २ केजि दाल, १ केजि नुन, २ वटा साबुन, र विपन्न ५७ घर परिवारलार्इ २५ केजि चामल वितरण गरेको अध्यक्ष मकर बहादुर पुलामी मगरले जानकारी दिए ।मनकामना सामुदायिक वनले ८२ घर परिवारलाई खाद्यन्न राहत प्याकेज बाँडेको हो ।

समूहले विपन्न र अति विपन्न गरेर २ तरिका बाट राहत प्याकेज उपभोक्तहरुलाई बाँडेको छ ।

त्यस्तै पन्चकन्या सामुदायिक वन उपभोक्ता समुहले उदयपुरगढी ७ बतासेमा ८८ घर परिवारलाई राहत बाडेको छ। समूहले ४६ घर परिवारलाई ३० केजि, चामल २ केजि दाल, २ लिटर तेल, १ केजि नुन, साबुन, माक्स र सेनिटाइजर वितरण गरेको समुहका सचिव ज्ञानेद्र बुर्जामगरले जानकारी दिनुभयो ।

“राहत लिन पाउदा निकै खुशी छु दैनिक अर्काकोमा काम गरेर गुजारा चलाउने लाई सामुदायिक वनले राहत दिएर ठुलो गुन लगाएको छ लकडाउनले अर्काको घरमा अहिले काम गर्न र घरमा जानसम्म दिदैन मनकामना सामुदायिक वन समुहका दैनिक मजदुर गर्ने उपभोक्ता गराली कार्की सुनाइन् ।

“‘उदयपुर जिल्ला भरी करिब ३ सय ५० सामुदायिक वन उपभोक्ता मध्य जिल्लाकै नमुना विश्वकन्चन सामुदायिक वन उपभोक्ता समुह उदयपुरगढी ७ अधेरीले चैत २९ गते राहत वितरण गरे पछि अन्य सामुदायिक वनहरुले पनि राहत वितरण गर्न लागी परेको नेपालटार सब डिभिजन कार्यलयका फरेस्टर गिरिराज पोखरेलले बताउनुभयो।’

उदयपुरगढी गाँउपालिकामा हाल सम्म बिश्वकन्चन, चियाबारी प्रगतिशील, कुशुमबोट, देउराली, कौवाइ, प्रशिम जहरे, मनकामना, पन्चकन्या लगायतले विपन्न ३ घर परिवारलाई राहत वितरण गरेको छन ।

सम्बन्धित खवर