दिनभरी हिडेर घर जाने यात्री पथरीमा राखियो

दिनभरी हिडेर घर जाने यात्री पथरीमा राखियो

 

अर्पजुन काफ्ले, पथरी

झापाको मेची नगरवाट पैदल नै सुनसरीको हरिनगरा हिडेको ५ जना श्रमीकलाई पथरीमै राखेर उद्धार गरिएको छ । मेचीनगर १४ मा वोरीङ्ग गाडने कामका लागी गएका हरिनगरा ४ का चनरदेव लुनिया, कृष्णकुमार महत्तो, सम्पतलाल पाल, वुश्कु महत्तो, हरि महत्तो बा हिडेरै झापाट मोरङ्गको उर्लावारी आइपुगेका थिए ।

उर्लावारी आइपुगेका उनीहरुलाई त्यहाँको नगर प्रहरीले रोकेको थियो । नगरप्रहरीले रोकेर राखेका उनीहरुलाई सोधीखोजी गरेका थिए ।

मेचीनगरवाट हिडेर उर्लावारी आइपुगेको उनीहरुलाई पथरीका संञ्चारकर्मीले उद्धार गरेर पथरीको सव डिवीजन वन कार्यालयको हातामा राखेको छ । रातको समयमा सुनसरी नै पठाउन पहल गरेपनि तत्काल सवारी साधन उपलव्ध नभएपछि उनीहरुलाई सव डिभिजनको भवनमा राखिएको संचारकर्मी भिमराज अधिकारीले बताए ।

‘लकडाउन’का कारण काम नभएपछि उनीहरु घर फर्किएका हुन्् । फर्र्किएका मध्ये सम्पतलाल पालले भने `काम नभएपछि हामी घर फर्किएका हौ’ । मेचीनगर वाट ७० किलोमिटर पैदल नै पथरी आइपुगेका उनीहरुले साथमा वोकेको चिउरा र पानीले भोक मेटेका थिए । ‘खाना खान होटल नि छैनन् अलि अलि चिउरा छ त्यसैले भोक मेटछौ’ पालले भने ‘रात यहि विताएर विहान हिडछौ’ ।

सोहि विषयमा मेचीनगरका वडा अध्यक्ष शंकर प्रसाद पोखरेलले श्रमीकहरुलाई लकडाउनको १८औं दिन सम्म राखेपनि उनीहरुले नै घर जान भनेपछि सिफारीस लेखिदिएर घर पठाएको वताए । उनीहरुले नै पैदल नै घर जाने भने पछि वडाको तर्फवाट सिफारीस वनाइदिएको पोखरेलले वताए ।

यसै विच हरिनगर ४ का वडा सदस्य राजेश पालले आफ्ना वडाका वासिन्दाको उद्धारगर्ने वताए । उनले टेलिफोनमा भने विहिबार सवै प्रक्रिया नपुगेकाले शुुुुुुुक्रबार पथरीवाटै उनीहरुलाई गाँउपालिकाले यातायात व्यावस्था गर्ने वताए ।

‘लकडाउन’का कारण धेरै श्रमीकको काम मात्र हराएको छैन्, परिवारवाट छुटिएर वस्दा अफ्ठारो भएकाले हिडेरै घर सम्म श्रमीकहरु जान थालेका छन् । लकडाउन लम्मिदै गएसंगै खाने समस्याकै कारण पनि उनीहरु हिडेरै घर जान वाध्य भएका हुन् ।

सम्बन्धित खवर